कपिलवस्तु, १६ माघ । कोरोनाको महामारीविरुद्ध कसरी जुट्ने भन्ने बारेमा सरोकारवालाको क्षमता अभिबृद्धि गराउने उद्देश्यले शुक्रबार भैरहवामा अन्तरक्रिया सम्पन्न भएको छ ।
कोभिड न्यूनिकरण गर्न सरकारले र निजि क्षेत्रले गरेको तैयारीका बारेमा रुपन्देही जिल्लाका सरोकारवालासँग छलफल सम्पन्न गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख डा समिर अािधकारी, चौधरी फाउण्डेशनका प्रतिनिधि अषेश बराल, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी, झविन्द्र भण्डारी लगायतले क्षमता अभिबृद्धि तालिम दिएका हुन् ।
स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पूर्वाधार भएको मुलुकमा सो अवस्थाको पूर्व तयारीका निम्ति जनस्वास्थ्य एवं मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको चौधरी फाउण्डेशनले जनाएको छ ।
डा समिर अधिकारीले कोरोन खोप लगाएका ब्यक्तिमा कम्तीमा २ वर्ष खोपले काम गर्ने जानकारी दिए । उनले एडस, हेपाटाएटिस र प्लाज्मा थेरापी गरेका ब्यक्तीमा बिषेशज्ञ चिकित्सकको सल्लाहमा मात्र कोरोना खोप लगाउन सुझाब दिए ।
उनले सरकारले आगामि दिनमा कोरोना वा त्यस्तै अन्य महामारी आइपरे गर्नुपर्ने तैयारीका बारेमा विभिन्न सरोकारवला संस्थाहरुसंग हातेमालो गरेर अघि बढने बातावरण बनाइने जानकारी दिए ।
त्यस्तै चौधरी फाउण्डेसनका सहप्रबन्धक अशेष बरालले नेपालमा भूकम्प र कोरोना महामारीका बेला चौधरी फाउण्डेशनले सरकारलाई गरेको सहयोगको स्मरण गरे ।
उनले कोरोना अबधिमा फाउण्डेशनले सरकार र हरेक प्रदेशका सरकारी अस्पतालाई पिपिई, भेन्टिलेटर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिए । फाउण्डेशनले माघ पहिलो सातादेखि ७ वटै प्रदेशमा महामारी पुर्व तैयारी सम्बन्धि स्थानिय स्वास्थ्यकर्मी र मानविय क्षेत्रमा कार्यरत संघ संस्थाको क्षमता अभिबृद्धि प्रशिक्षण शुरु गरेको छ ।
तपाईको प्रतिक्रिया