स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकर्मीहरुको धर्ना

समाचार

1/8/2019

काठमाडौं, २४ पुस । हेल्थ असिस्टेन्ट संघ नेपालका पदाधिकारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएका छन् ।

विभिन्न तीनबुँदे माग राखी स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका हुन् । स्वास्थ्यकर्मीहरुले मंगलबारदेखि दबाबमूलक कार्यक्रम भन्दै स्वास्थ्य मन्त्रालयमा धर्नामा बसेका हुन् ।

प्रस्तावित दरबन्दी संरचना संशोधन गर, शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको कदर गर र स्वास्थ्य सेवामा गुणस्तरीयताको सुनिश्चित गर लगायतका मागहरु राखी आन्दोलनमा उत्रेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ