स्वास्थ्य शिविर हुने

समाचार

2/26/2020

रगत क्यान्सर (Blood cancer) तथा रगत सम्बन्धि खर्चिलो उपचारहरु सहज,शुलभ तथा निशुल्क रुपमा फाउण्डेशन पर्साले उपचारको व्यवस्था गर्ने भएको छ । भारतको दिल्ली फोर्टिस अस्पतालका प्रख्यात हेमाटोलोजिस्ट डा.सन्तोष राउत आउने भएका छन ।

आज जी.पी.कोईराला फाउण्डेशन पर्साका सभापति मोहम्मद सहाबुदिनको अध्यक्ष्तामा बसेको बैठकले निशुल्क स्वास्थ्य शिविरको र्निणय गरेको छ ।

बैठकमा फाउण्डेशनका सह सचिव मिन्टु देवि सिंह कोषाध्यक्ष मनोहर कुमार साह, मनोज पटेल ,सन्तोष सिंह, बाबुनन्द प्रसाद पटेल, जितेन्द्र सिंह ,धिरज कुमार गुप्ता तथा विशेष उपस्थितिमा प्रेस युनियन पर्साका कोषध्यक्ष इरफान अली, नेपाली कांग्रेसका बुथ सभापति शेख निजामुदिन जनस्वास्थ्य पर्साका एच ए जयमोद ठाकुर,सुनिल सिंह लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ