सेवा केन्द्रमा तालाबन्दी

समाचार

2/4/2019

वीरगञ्ज, २० माघ । सङ्घीय सरकारले ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित सेवाकेन्द्र अन्यत्र सार्ने निर्णय गरेपछि त्यस भेगका तीन हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका छन् ।

माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सुवर्णपुरमा रहेको अस्थायी सेवाकेन्द्र सारेर करीब तीन किलोमिटर पश्चिमको घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सो सेवाकेन्द्र यथावत् राख्न सुवर्णपुर सङ्घर्ष समितिले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ