बार्दिया, ३ बैशाख । बर्दिया जिल्लाको मधुवन नगरपालिका ३ कोडियाघाटस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शब सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोलीले मंगलबार नदीबाट बाहिर निकालेको छ ।
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका बस्ने १९ वर्षिय प्रज्ज्वल कोईराला र बाँके जिल्लाको कोहलपुर नगरपालिका बस्ने १८ बर्षिय दिपेन्द्र कार्की बैशाख १ गते उक्त नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटार चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्रबहादुर कार्कीको माण्डमा खटिएको एपीएफ टोलीले खोजी कार्य सुरु गरेको थियो ।
तपाईको प्रतिक्रिया