काठमाडौं, २ मंसिर । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयको सूचना शाखाले जनाएको छ ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।
तपाईको प्रतिक्रिया