काठमाडौं, ८ बैशाख । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका सशस्त्र प्रहरी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहका बीच दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा उनहरुले प्रदर्शन गरेको व्यावसायीकता, कार्यक्षमता, अनुशासनका साथै जिम्मेवारी निर्वाहमा पु¥याएको योगदानको मूल्यांकन स्वरुप पदोन्नती गरिएको चर्चा गर्दैै आगामी दिनहरुमा समेत उनहरुलाई दर्जासँगै बढेको जिम्मेवारी निर्वाहमा कटिवद्ध रहन निर्देशन दिए ।
उनले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु आ–आफ्नो तहबाट पूर्णरुपमा व्यावसायीक भई सामूहिक भावनाका साथ जिम्मेवारी निर्वाहमा सधै कृयाशिल रहनुपर्ने बताउँदै सकारात्मक सोचका साथ अगाडी बढेमा सफलता प्राप्त हुने उल्लेख गरे ।
तपाईको प्रतिक्रिया