संस्कृतिको राहत वितरण जारी

समाचार

4/5/2019

वीरगंज, २२ चैत । सृजनशील युवाहरुको संस्था संस्कृतिले चौथो दिन पनि हावाहुरीबाट प्रभावित पर्सा र बाराका गाउँहरुमा राहत वितरणको कार्य जारी राखेको छ ।

राहत वितरणको चौथो दिन संस्कृतिले पर्साको सौराहा, दकैला बहुहरी र बाराको चैनपुरमा राहत वितरण सहित स्वास्थ्य शिविर संचालन गरेको हो ।

संस्कृतिकी अध्यक्ष शैली चौधरीको नेतृत्वमा गएको टोलिले हावाहुरीबाट घर गुमाएका पीडित परिवारहरुलाई त्रिपाल, सुत्ने म्याट, झुल, सेनेटरी प्याड, बाल्टिन, मग, टुथपेस्ट, ब्रसलगयातका सामग्रीहरु सहयोग गरेको छ ।

संस्कृतिले राहत वितरणसँगै स्वास्थ्य शिविर पनि संचालन गरेको छ । नेसनल मेडिकल कलेजका स्वयंसेवकहरुको सहयोगमा पर्सा र बाराको विभिन्न स्थानमा स्वाथ्य शिविर संचालन गरिएको हो ।

स्वास्थ्य शिविरबाट लगभग २ सय व्यक्तिलाई राहत पाएको शिविरका संयोजक महेन्द्र पाण्डेले बताए ।

चौधरीले हालसम्म एसोसिएसन अफ नेपाली तराइयन इन अस्ट्रेलिया (एनटा अस्ट्रेलिया), ओक्टेभ क्लब काठमाडौँ, हेल्पिङ्ग ह्याण्ड्स नेपाल, विघ्नहर्ता नेपाललगयात संघ संस्था तथा व्यक्तिहरुको सहयोगबाट लगभग ४ लाख बराबरको राहत वितरण गरिएको जानकारी गराइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ