संस्कृतिद्वारा १ लाख बराबरको राहत वितरण

समाचार

4/3/2019

वीरगंज, २० चैत । आइतबार बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावित क्षेत्रहरुमा सृजनशील युवाहरुको समूह संस्कृति संस्थाले मेडिकल सहयोग र राहत वितरण गरेको छ ।

संस्कृतिले बाराको भरवलिया, पुरैनिया, फेटा, खटुवालगयातका प्रभावित क्षेत्रहरुमा पुगी मेडिकल सेवा प्रदान राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।

विभिन्न दातृ निकाय र व्यक्ति सहयोग र समन्यवमा संस्कृतिले शोमबार देखि विभिन्न प्रभावित क्षेत्रहरुमा पुगी १ लाख बराबरको राहत तथा खाद्यान्न सामग्री वितरण गरेको संस्कृतिकी अध्यक्ष शैली चौधरीले बताइन् ।

’सोमबार हामीले बाराको भरवलिया गाउँमा पुगी प्राथमिक उपचार गर्दै खाद्यान्न सामग्री वितरण गरेका थियौं, अध्यक्ष चौधरीले भनिन्, ’आज बाराको खटुवा, फेटा र पुरैनिया पुगेर मेडिकल क्याम्प स्थापना गरि घाइतेहरुको उपचार गर्दै राहत र खाद्यान्न सामग्री समेत वितरण गरेका छौं ।’

आफूहरुले देश विदेशमा रहेका विभिन्न दातृ निकाय र व्यक्तिहरुको सहयोग र समन्वय पैसा र राहत जम्मा गरि वितरण गरिरहेको चौधरीले बताइन् । उनले राहत वितरण र मेडिकल सेवा कार्यक्रमलाई आझै केहि दिन निरन्तरता दिन जानकारी गराइन् ।

चौधरीले नेसनल मेडिकल कलेज, वीरगंजस्थित मानवसेवा आश्रमका स्वयंसेवकरुको सहयोगमा मेडिकल क्याम र राहत वितरण गरिएको बताइन् । राहत वितरण कार्यक्रममा संस्कृतिका सदस्यहरु अल्का कलवार, सद्दाम हुसेन, महेन्द्र पाण्डे, रामजी रामलगयातको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ