विराटनगर, ४ जेठ । प्रदेश १ मा संसदीय पत्रकार पत्रकार मञ्च गठन गरिएको छ ।
विराटनगरमा रहेर संसदीय रिपोर्टिङ गर्ने पत्रकारको भेलाले ९ सदस्यीय संसदीय पत्रकार मञ्च प्रदेश १ गठन गरेको हो ।
मञ्चको अध्यक्ष गणेश लम्साल, उपाध्यक्ष बाबुराम भण्डारी, सचिव कुमार लुइँटेल, सहसचिव तारा आचार्य र कोषाध्यक्ष बिनु तिम्सिना रहेका छन् ।
त्यसैगरी सदस्यहरू अनन्त न्यौपाने, सुमन सुस्केरा, मिलन बुढाथोकी र ध्रुव भट्टराई रहेका छन् ।
तपाईको प्रतिक्रिया