वीरगंज, ५ जेठ । वीरगंज महानगरपालीका वडा नम्बर २१ ताजपुर टोलमा निर्माण हुन लागेको विवाह भवनको एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।
सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सांसद यादवको संसदीय कोषबाट २० लाखको लागतमा निर्माण हुने उक्त विवाह भवनकोे शिलान्यास गरेका हुन् ।
शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै सांसद यादवले निर्माण सम्पन्न भइसकेपछि यस विवाह भवनले यस क्षेत्रका जनताका लागि ठूलो सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
गरिब किशान मध्यम वर्गका आमनागरिकले विवाहको बेला होटलहरुमा लाग्ने ठूलो धनराशीको बचत हुने भएकाले यस विवाह भवनलाई निर्माण गर्न आफनो श्रमदान समेत गर्न स्थानीयलाई आग्रह समेत गरे ।
सांसद यादवले आफना बालबालीकाहरुलाई शिक्षित बनाउन सधै स्कुल पठाउने बानी बसाल्न पनि स्थानीयलाई आग्रह गरे । शिक्षाको क्षेत्रमा मधेश धेरै पछाडी परेको बताउँदै सांसद यादवले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका लागि शिक्षाको ज्योतिबाट टाढा नराख्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया