मणि प्रसाद गैह्रे, कपिलवस्तु, २८ माघ । कपिलवस्तु नगरपालिकाले सोमबार छैठौं नगर सभा सम्पन्न गरेको छ । सोमबार नगरपालिकामा सम्पन्न भएको नगर सभामा कपिलवस्तु नगरपालिकाको शिक्षा ऐन २०७६ सर्वसम्मत ढंगले पारित भएको छ । सामाजिक विकास समितिका संयोजक प्रकाश गैरेले उक्त ऐन पेश गरेका थिए ।
संविधानले माध्यमिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।
सोही कानुनी अधिकारलाई टेकेर नगरपालिकाले शिक्षा ऐन बनाएको हो ।केन्द्रिय शिक्षा ऐन र नेपालको संविधानसंग नबाझिने गरी नयां शिक्षा ऐन बनाएर पारित गरेको प्रकाश गैरेले बताए ।
यो अवसरमा नगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आर्चायले नगरपालिकाले हाल सम्म समपादन गरेका कार्यहरुको बारेमा सभामा जानकारी दिएकाथिए । खुल्ला दिसा मुत्त घोषणा, वालमैत्री वडा घोषणा,४ वटा वडा कार्यालय र नगरको कार्यालय तल्ला निर्माण कार्यमा तिब्रता, बैक मार्फत सामाजिक सुरुक्षा, फुसको घर विस्तापित योजना, सडक निर्माण लगायतका बारेमा प्रगती प्रतिवेदन पेश गरेका थिए ।
सभामा नगरसभा सदस्यहरुको जिज्ञासालाई सम्बोधन गर्दै नगर प्रमुख किरण सिंहले शिक्षा ऐन अनिवार्य रहेको भएकोले सबैको राय, सुझाव र सल्लाह बमोजिम ल्याएको प्रष्ट पारे ।
साथै नगरपालिकाको संसोधित आय व्याय सल्लाहा सुझाव सहित र परिमार्जन सहित नगर प्रमुख किरण सिंहले पारित गराए । संसोधन सहति कपिलवस्तु नगरपालिकाको आर्थिक वर्षको बजेट रु ९५ करोड ७३ लाख ७६ हजार ८ सय ३८ सभा बाट पारित गरिएको छ ।
स्थानीय जनताका आवश्यकतालाई मध्य नजर गर्दे योजनाहरुमा थप घट गरिएको समेत सिंहले् बताए । प्रत्येक आवमा स्थानीय तहले बर्खे र हिउदे सभा गर्नुपर्ने कानुनी प्रावधान छ ।
बर्खे सभामा नयां आवको साथै हिउदे सभामा बर्खे सभाले ल्याएका कार्यक्रम तथा बजेटलाई सामान्य हेरविचार गर्ने चलन छ ।नगरपालिकाले विभिन्न स्थानीय सरकारका योजना तथा संघिय सरकारका समपुर योजनामा संसोधन समेत गरेको छ ।
सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको स्वागत र वडा अध्यक्ष मोहनराज शर्माको स्वागतमा सभा समपन्न भएको थियो ।
तपाईको प्रतिक्रिया