जनकपुरधाम, १ फागुन । तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दिवसको अवसरमा धनुषाको सहिदनगर नगरपालिकाले बिहीबार सार्वजनिक विदा दिएको छ ।
तत्कालीन नेकपा माओवादीको १० वर्षे जनयुद्ध दिवसको अवसरमा सहिदनगर नगरपालिकाले विदा घोषणा गरेको हो । माघ २७ गतेको नगरपालिकाको निर्णयले फागुन १ गते विदा दिइएको हो ।
‘महान जनयुद्ध दिवस २०७६ को अवसरमा फागुन १ गते यस नगरपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा गरिएको’ निमित प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले जारी गरेको सूचनामा उल्लेख छ ।
तपाईको प्रतिक्रिया