सहमतिको नयाँ संचालक समिति चयन

समाचार

12/23/2018

विराटनगर, ७ पुस । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर–८ ले छैठौ साधारण सभागरी सर्वसम्तीले नयाँ संचालक समिति गठन गरेका छ ।

साधारण सभाको खुल्ला सत्रकोलाई प्रमुख अतिथी पूर्व संविधान सभा सदस्य ऋषीकेश पोखरेलले उद्घाटन गर्दै सहकारीले गर्ने आर्थिक, सामाजिक र सांस्कृतीक कामलाई पार्दशी र रोजगारमुखी बनाउनु पर्ने बताए ।

सहकारीमा वचत कर्ताले स्वयम आफै आए वचत गरेमा ती सदस्यले सल्लाह सुझाव समेत दिने भएको तीनीहरुको सल्लाह र सुझावले अगाडी वढ्नु पर्ने बताए ।

सो सभामा प्रमुख अतिथीले सहकारीका सदस्य मध्येका जेष्ठ नागरिक दमन विक्रम थापालाई सहकारीको १० वटा शेयर उपहार दिएर सम्मान गरेका थिए भने उत्कृष्ट वचत कर्ता इश्वर कार्की र उत्कृष्ट ऋणी तिला देवी मण्डललाई सहकारीको ५ वटा शेयर दिएर सम्मान गरेका थिए ।

सहकारीले आर्थिक वर्ष २०७४÷०७५ मा ११ लाख ६९ हजार ६ सय २९ रुपैयाँ ८१ पैसा आम्दानी गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ