सहमतिसँगै अवरुद्ध राजमार्ग सुचारु

समाचार

1/13/2019

सिरहा, २८ पुस । आन्दोलनरत पक्ष र प्रहरीबिच ५ बुँदे सहमतिसँगै झण्डै ४ घण्टादेखि बन्द रहेको पूर्वपश्चिम राजमार्गको मिर्चैया सडकखण्ड संचालनमा आएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयामा भएको सर्बपक्षिय छलफलले घटनामा संलग्न नेपाली सेनाका जवान दिपेन्द्र शाही औषधी उपचार निजले स्वयं गर्ने, पक्राउ परेका दिपेश कुमार यादब, मुकेश कुमार यादब र चन्दर कुमार पासमानलाई कुटपिट गर्ने प्रहरीलाई प्रहरी नियमावली बमोजिम कार्बाही हुने, सेना दिपेन्द्र शाहीलाई सैनिक नियमाबली अनुसार कारबाही हुने, अबरुद्ध यातायत सुचारु गर्ने र पक्राउ परेका तिनै जनालाई रिहाई गर्ने सहमति भएको छ ।

सहमतिसंगै अबरुद्ध राजमार्ग सुचारु भएपछि आवागमन सहज भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ