वीरगन्ज, ६ पुस । वीरगन्जको गन्डक बहुअरीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ । वडावासीको समस्या र गुनासो तथा रायसुझाव बुझ्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगी समक्ष वडा नम्बर १४ का जनता तथा विभिन्न दलका प्रतिनिधिले महानगरपालिका गर्नुपर्ने विकास निर्माण कार्यहरुको बारेका गुनासा तथा राय सुझाव राखेका थिए ।
कार्यक्रममा वडामा रहेको मरलहिया खोलामा निर्माण भएको पुलको संचालन, नाला तथा बारोघाटोको समस्या, कब्रिस्तानको सडक निर्माण लगायत विभिन्न समस्याहरुको बारेमा नगरप्रमुख सरावगीलाई अवगत गराइएको थियो ।
वडासदस्य हकहित संरक्षण मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले आफु जनताको मयेयर भएकोले जनताको हरेका सुखदुखमा साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
उनले बहुअरीमा हुन लागेको इस्तामामा खानेपानि, शौचालय लगायतको आवश्यक व्यवस्थापनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नगर प्रमुख सरावगीले कृषि औजार कारखानाको छेउमा रहेको सडकको अतिक्रमण हटाउने कार्य यथाशिघ्र सुरु गरिने बताए ।
उनले महानगरपालिकाले लगाउने कर प्रणालीलाई बैज्ञानिक तरिकाले लागू गर्नका लागि कर निर्धारण आयोग गठन गरिएको बताउदै आयोगको प्रतिवेदन अनुसार व्यक्तिको आयश्रोतको आधारमा आउने बर्षदेखि कर लागु गरिने बताए ।
नगर प्रमुख सरावगीले आगामी १जनवरीदेखि वीरगन्जमा प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाइएकोले विक्री तथा प्रयोगकर्ता दुबैलाई दन्डित गर्ने बताए ।
वडा सदस्य रफिक अंसारीकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष भरत प्रसाद कुर्मीले गरेका थिए ।
वडासदस्य हकहित संरक्षण मञ्चका सचिव सुरज कुमार कुर्मिले राजदेवी राम संघीय समाजवादी फोरमका स्थानिय नेता अब्दुल रउफ अंसारी, समाजसेवी नुरुलहोदा अंसारी लागयतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया