प्रदेश २ मा पाँच हजार छोरी विमित

समाचार

1/30/2020

जनकपुरधाम, १६ माघ । प्रदेश २ सरकारद्वारा संचालित बेटी पढाउ बेटी बचाउ अन्तर्गतको छोरी शिक्षा विमा शिविर मार्फत हालसम्म ५ हजार भन्दा बढी छोरी विमित भएकी छिन् ।

२०७५ माघ १ गते यता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा विमा गरि दिने घोषणा गरे अनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान संचालन गरिए पनि प्रभावकारी हुन नसके पछि गत एक वर्षमा जन्मिएका सबै छोरीको विमा गर्ने उद्देश्यका साथ संचालित शिविर मार्फत माघ १० गतेसम्म पाँच हजार ४० छोरीले विमा गराएका हुन ।

शिविरमार्फत सप्तरीमा ८८८, सिरहामा ६६३, धनुषामा ३४६, महोत्तरी ६४५, सर्लाही ७६८, रौतहट ४६२, बारा ८०५ र पर्सामा ४६३ छोरीले बिमा गराएको छ । विमाका लागि आवश्यक जन्म दर्ता, स्थानीय तहको सिफारिस, आमा वा वुवा मध्ये १ जनाको नागरिकता र बच्चा तथा अभिभावकको ६ \६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविर मार्फत सबै प्रक्रिया पुरा गर्ने व्यवस्था गरेको छ ।

माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको वीरगंजका साथै आठ वटै जिल्लामा एक साथ शुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा संचालन हुने छ ।

शिविर महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ र गाँउपालिकामा एक दिन संचालन गरिने व्यवस्था रहेको छ । यसका साथै शिविरमा विमा गराउने बालिकाको परिवारले ३ महिनाको लागि सुविसुको फ्रि इन्टरनेट सेवा समेत पाउने छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ