हजारौं दर्शकलाई छमछमी नचाए पशुपती शर्माले

समाचार

4/10/2019

कपिलवस्तु, २७ चैत । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मूल नारासहित चैत्र १८ देखि सञ्चालनमा रहेको छैठौ प्राचीन महोत्सवको रौनक बढिरहेको छ ।

सन्ध्याकालीन समयमा चहलपहल भै रातीसम्म चल्ने छैठौं प्राचीन कपिलवस्तु महोत्सवमा दर्शकको सहभागीता उलेख्य रहेको छ ।

जिल्लामा फरक किसिमले सञ्चालन हुने यो महोत्सव रातीको समयमा सञ्चालन हुँदै आएको छ । महोत्सवको छैठौं संस्करण चलिरहदा अहिले महोत्सवमा दर्शकको खचाखच भिड रहेको छ ।

सोमबार मात्र चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले हजारौं दर्शकलाई छमछमी नचाए । शर्मा आउने थाहा पाएपछि दर्शकहरु साँझदेखि नै महोत्सव अवलोकनका लागि ओर्लिएका थिए ।

राती ९ बजे मञ्चमा देखिएका गायक शर्माले झण्डै डेढ घण्टा प्रस्तुती दिए । क्याम्पस पढ्न आउने, झमझम दर्कियो पानी, लोरी हरायो, यसै त डल्ली नाच्छु हल्ली हल्ली लगायत आधा दर्शक गीत म्युजिकमा गाए ।

यसैगरी पछिल्लो समय चर्चाको कमाउन सफल लुट्न सके लुट कान्छा लुट्न सके लुट पनि उनले गाए । उनले यो गीत म्युजिक ट्याकमा नभई शब्दमा गाएका थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ