कपिलवस्तु, २५ माघ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ को कृष्णनगर स्वास्थ्य चौकीमा हात्तीपाइले रोग निवारणसम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन् ।
अतिथि कृष्णनगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सागिर अहमद खान, वडा नं २ का वडा अध्यक्ष संजय कुमार गुप्ता, कृष्णनगर स्वास्थ्य चौकी समितिका सल्लाहकार मौलाना मसहूद खां नेपाली, डाक्टर संकर भट्टराई रहेका थिए ।
उक्त कार्यक्रममा हात्तीपाइले रोगको परिचय, कारण, लक्षण, कसले र कसरी सेवन गर्ने, बच्ने उपाय लगायत अन्य कुराको बारेमा स्वास्थ्यकर्मी नन्द गोपाल विश्वकर्माले प्रकाश पारे ।
उक्त कार्यक्रममा सोही स्वास्थ्य चौकी व्यवस्थापन समितिका सल्लाहकार मौलाना मसहूद खां नेपालीले यो रोग सबै मिलेर निर्मुल पार्नु पर्ने, हात्तीपाइले रोगको औषधि सेवन गर्नु पर्ने र यो रोग निवारणका लागि आफ्नो तर्फबाट हुने सक्दो सहयोग गर्ने कुरा बताए ।
उक्त कार्यक्रममा स्वास्थ्य, शिक्षा क्षेत्र लगायत स्थानीय गरी लगभग ४० जनाको उपस्थित रह्यो ।
तपाईको प्रतिक्रिया