कैलाली, ९ चैत । हत्या अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली जिल्ला गोदावरी नगरपालिकाका २३ वर्षीय गोविन्द आउजीलाई पक्राउ गरिएको छ ।
यही चैत २ गते गोदावरी नगरपालिका–४ को खैराना गाउँ जाने सडकमा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा भण्डारीको शव फेला परेको थियो ।
तपाईको प्रतिक्रिया