सुनसरी, २८ पुस । सुनसरी दुहवी नगरपालिका–९ छाताबेली बस्ने ५४ वर्षीय फिदा हुसेनलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरी दुहवी नगरपालिका–९ बस्ने २४ वर्षीय मोहमद जफार हुसेन र दुहवी नगरपालिका–३ बस्ने २३ वर्षीय दिपककुमार साह रहेका छन् ।
गत मंसिर ८ गते फिदाको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले घटनामा संलग्न रहेका उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया