हिन्दू परिषद्द्वारा मोदीलाई बधाई एवम् शुभकामना

समाचार

5/24/2019

वीरगंज, १० जेठ । हिन्दू परिषद् नेपालद्वारा भारतमा सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेकोमा मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहलाई बधाई एवम् शुभकामना दिएको छ ।

परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलको नेतृत्वमा भारतीय महावाणिज्य दूतावास वीरगंज गएको टोलीले दूतावासका प्रमुख बी.सी. प्रधानमार्फत मोदीलाई शुभकामना एवम् बधाई पत्र प्रदान गरेका थिए ।

उक्त अवसरमा प्रमुख प्रधान र सीनियर काउन्सलर विनोद लोशालीलाई सम्मान समेत गरेको थियो । साथै दूतावासका कर्मचारीलाई मिठाई वितरण गरी खुशियाली व्यक्त गरेका थिए ।

मोदीको पुनर्गामनले नेपाल र भारतको सम्बन्ध नयाँ उचाई हासिल गर्ने विश्वास परिसद्ले लिएको छ । दुबै देशबीच रहेको रोटिबेटी, सामाजिक, धार्मिक, सांस्कृतिक मात्र नभई रगतको नाता समेत रहेको पटेलले बताए ।

पटेल नेतृत्वमा दूतावास गएको टोलीमा हिन्दू परिषद नेपालका केन्द्रीय कोषाध्यक्ष संजय सरार्फ, केन्द्रीय सदस्यहरु श्रीराम उपाध्याय, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, भरत सरार्फ, हिन्दू युवा परिषदका केन्द्रीय अध्यक्ष सचितनन्द दुबे, प्रवक्ता उमेश साह कानू, पर्सा जिल्ला सचिव रंजीत चौरसिया सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ