वीरगंज, ६ पुस । हिन्दू परिषद् नेपालको केन्द्रीय सचिवालय बैठक वीरगंजमा सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन बैठकले पुस महिनामा २५ जिल्लामा जनजागरण सभा गर्ने निर्णय गरेको छ ।
जिल्ला जिल्लामा सरोकरवालाहरुसँग अन्तरक्रिया, संगठन विस्तार, धार्मिकस्थल अवलोकन एवं पूजापाठ, समान उद्देश्य बोकेको संघ–संस्थासँग समन्वय एवम् सहकार्य गर्ने र हिन्दू राष्ट्रका लागि राष्ट्रिय गठबन्धन निर्माण गर्ने र माघ महिनामा हिन्दू परिषद नेपालको राष्ट्रिय सम्मेलन काठमाडौमा गर्ने बैठकले निर्णय गरेको केन्द्रिय महासचिव अनिरुद्ध सिंहले बताए ।
पुस १० गते रौतहट, ११ गते बारा, १२ गते पर्सा, १३ गते सर्लाही, १४ गते महोत्तरी र सिन्धुली, १५ गते धनुषा, १६ गते सिरहा र उदयपुर, १७ गते सप्तरी, १८ गते सुनसरी, १९ गते मोरंङ र झापा, २२ गते मकवानपुर, २३ गते चितवन, २४ गते नवलपरासी, २५ गते रूपन्देही र पाल्पा, २६ गते कपिलवस्तु, २७ गते दाङÞ र सुर्खेत, २८ गते बाँके र बर्दिया, २९ गते कैलाली र कंचनपुरमा हिन्दू परिषद् नेपालले कार्यक्रम गर्ने बैठकले तय गरेको छ ।
वीरगंजस्थित श्री गहवामाई अथिति सदनमा बैठकमा हिन्दू परिषद नेपालका केन्द्रीय कोषाध्यक्ष संजय सरार्फ, केन्द्रीय सदस्यहरु श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, सुकदेव साह कानू, भरत सरार्फ, सचितनन्द दुबे, उमेश साह कानू, किरण अग्रवाल, संतोष सरार्फ, आजीवन सदय मदन प्रसाद कुर्मी, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, वरिष्ठ उपाध्यक्ष छबिलाल उप्रेती, उपाध्यक्ष राधेश्याम सरार्फ, सचिव अंशु कुमार प्रजापति, जिल्ला सदस्यहरु बिरेन्द्र चौहान, ऋषिकेश पटेल, सल्लहकार जोगिन्द्र साह कलवार, बीरगंज नगर अध्यक्ष प्रमोद सिंह, सचिव रंजीत चौरसिया, बडा न. १२ अध्यक्ष अरबिन्द साह कानू लगायतको उपस्थिति रहेको थियो ।
हिन्दू परिषद् नेपाल हिन्दू राष्ट्रका लागि २०७२ सालदेखि नै संघर्ष गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया