वीरगन्ज, २० चैत । बारा र पर्सा जिल्लामा हवाहुरीबाट ज्यान गुमाएकाहरुको सम्मानमा हिन्दू युवा परिषद् केन्द्रिय कमिटिद्वारा मंगलवार गहवामाई मन्दिर अगाडि श्रद्धाञ्जली सभा सम्पन गरेको छ ।
युवा परिषद्का केन्द्रिय अध्यक्ष पण्डित सचितनन्द दुबेको सभापतित्वमा सम्पन कार्यक्रममा हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष सन्तोष पटेल, उपाध्यक्ष बिजय गुप्ता, महासचिव अनिरुद्ध सिंह, केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी, सुकदेव साह कानू, संजय सरार्फ, सल्लाहकार बिनोद मित्तल, सचिवालय सदस्य भरत सरार्फ, हिन्दू महिला परिषद्का केन्द्रिय अध्यक्ष सुनीता रौनियार, हिन्दू युवा परिषद्का केन्द्रिय उपाध्यक्ष नन्दू यादव, महासचिव प्रमोद सिंह, सचिव संदीप साह कानू, कोषाध्यक्ष संतोष सरार्फ, प्रवक्ता उमेश साह कानु , केन्द्रिय सदस्यहरु मनीष वर्णवाल, सोनू गुप्ता, हिन्दू परिषद् नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, हिन्दू महिला परिषद पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवाल, हिन्दू युवा परिषद वीरगन्ज नगर अध्यक्ष रंजीत चौरसिया सहित आम नेपाली सहभागी थिए ।
तपाईको प्रतिक्रिया