हिन्दू राष्ट्रका लागि लडाई लड्दैछौं : अध्यक्ष पटेल

समाचार

11/25/2018

वीरगंज, ९ मंसिर । हिन्दू परिषद् नेपालको प्रदेशस्तरीय हुने अगुवा कार्यकर्ता भेला भव्यताका साथ सम्पन्न गर्नका लागि एकदिने विशेष बैठक एवं विचार विमर्श सम्पन्न भएको छ ।

गहवामाई धर्मशाला वीरगंजमा प्रदेश २ का अध्यक्ष पंडित सचितानंद दुबे सभापतित्वमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै हिन्दू परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलले आफूहरु हिन्दू राष्ट्र पुनःस्थापनाका लागि लडाई लडिरहेको बताए ।

धार्मिक एवं सामाजिक कार्य गरी नेपाली जनतालाई जागरूक गर्ने कार्य भइरहेको उनले बताए । एस कार्यमा सक्रियताका साथ लाग्न हिन्दू परिषद्का सम्पूर्णलाई आग्रह गरेका थिए ।

यसका लागि राज्यबाट दमन भए आफूहरु जस्तोसुकै कदम पनि उठाउन सक्ने चेतावनी दिए । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अब हुने जनकपुर भ्रमणलाई आफूहरुले स्वागत गरेको बताए । उनले भने, ‘उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’

बैठकमा हिन्दू परिसद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह, सचिव सुरेश साह कानू, कोषाध्यक्ष संजय सरार्फ,प्रवक्ता श्रीराम उपाध्याय, केन्द्रिय सलाहकार हीरा साह कानू, प्रदेश न.२ का वरिष्ठ उपाध्यक्ष भरत सरार्फ, उपाध्यक्ष नन्दू यादव, किरणवाला वर्मा, महासचिव प्रमोद सिंह, सचिव संदीप साह, मुना सोनी, कोषाध्यक्ष अंशु कुमार, सदस्यहरु सरिता उपाध्याय, श्यामबाबू गुप्ता, सोनु गुप्ता, धीरेंद्र तिवारी,हीरालाल राम,मनीष वर्णवाल, सलहकार अनिल सरार्फ,पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,उपाध्यक्ष बिरेन्द्र गुप्ता, कोषाध्यक्ष रेखा घिमिरे सहकोषाध्यक्ष दीपक पटेल,हिन्दू महिला परिसद पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवाल,हिन्दू युवा परिसद पर्सा जिल्ला अध्यक्ष अखलेश साह, हिन्दू बिद्यार्थी परिसद पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव समेत को उपस्थिति रहेको थियो ।

त्यसैगरी, हिन्दू परिसद नेपालले वीरगंज महानगरपालिका वडा न.१० मा १०१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको अध्यक्षमा अरबिंद साह कानू, उपाध्यक्ष राजू साह, सचिव राजेस्वर साह कानू, कोषाध्यक्ष हीरा साह कानू, सदस्य हरुमा प्रेम प्रसाद,अमीरीलाल प्रसाद,ललन श्रीवास्तव, नन्दू साह, हरिंद्र सहनी, बिरेन्द्र कानू, प्रभु साह, नरेश पटेल,दिनेश पटेल,मोतीलाल साह कानू, वरिष्ठ सल्लहकार नागिन साह कानू लगायत को उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ