हनुमान जयन्ती उत्साहका साथ मनाउनुपर्नेमा प्रदेश प्रमुखको जोड

समाचार

4/20/2019

जनकपुरधाम, ६ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले हनुमान जयन्ती उत्साह र भव्यताका साथ मनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

हनुमान जयन्तीको अवसर पारेर गौ सँरक्षण मञ्च नेपालले जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा प्रदेश प्रमुख कायस्थले सो कुरा बताएका हुन् ।

राम नवमी, जानकी नवमी एवं बिवाहपञ्चमी जस्ता पर्वहरुलाई भव्यता र उत्साहका साथ मनाएझैं हनुमानको जन्मोत्सवलाई पनि भव्यताका साथ मनाउनुपर्नेमा प्रमुख कायस्थले जोड दिएका हुन् ।

उनले श्रीराम र हनुमानको लिला समाजलाई चरित्रवान बनाउन तथा कुशल समाजको निर्माणमा योगदान पुर्याएको बताए ।

कार्यक्रममा गौ सँरक्षण मञ्च नेपालद्वारा केही दिन अगाडी जनकपुरधाममा व्यक्तित्व क्षमता विकास सम्बन्धि तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रशँसा पत्र समेत वितरण गरिएको थियो ।

गौ सँरक्षण मञ्च नेपालको अध्यक्ष जगदिश महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी, चन्दन कौशिक, अशोक जैन, किशोरी साह, सबिता झा, सन्तोष साह, युगल किशोर निधि सहितको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ