काठमाडौं, २१ माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १०औं समूहको हेभी सवारी चालक तालिम सुरु भएको छ ।
सोही महाशाखाका प्रहरी नायव उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले मंगलबार आयोजित कार्यक्रममा उक्त तालिम उद्घाटन गर्दै नेपाल प्रहरीमा दक्ष हेभी सवारी चालक जनशक्ति उत्पादन गर्नु तालिमको प्रमुख उद्देश्य रहेको बताए ।
जम्मा ३० दिन कार्य अवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ४४ जना गरी कूल ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया