हरिओम मेहताको चित्रकला प्रदर्शनी

समाचार

5/1/2019

वीरगन्ज, १८ बैशाख । सप्तरी हनुमाननगरका हरिओम मेहताले वीरगन्जमा कपडामा कोरिएका चित्र प्रदर्शन गरेका हुन् । तीन दिनदेखि प्रदर्शन चलिरहेको छ ।

तराई मधेशका विभिन्न ठाउँको इतिहास र अहिलेको वास्तविकता झल्कने २९ वटा चित्र प्रदर्शनीमा राखिएको छ ।

यो प्रदर्शनीले वर्ण विभेद अन्त्य गर्नका लागि प्रदर्शन गरिएको मेहताको भनाइ छ । र, प्रदर्शनी उनकै कथासँग जोडिएको छ । उनी ११ वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् ।

०६५ सालमा पहिलो पटक उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौं गएका थिए । उनले वीरगञ्ज भन्दा अघि काठमाडौं, जनकपुर र बिराटनगरमा चित्रकला प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ