हरनामपुर बाल बिवाहमुक्त वडा षोषणा

समाचार

12/9/2018

मणि प्रसाद गैेह्रे, कपिलवस्तु, २२ मंसिर । जिल्लाको दक्षिणी मायादेबी गाउँपालिका–७ साबिक हरनापुर गाविसलाई एक समारोहका वीच बाल बिवाहमुक्त घोषणा गरिएको छ ।

गाउँपालिकाको सो वडामा बाल बिवाह रोकिए पछि बाल बिवाहमुक्त घोषणा गरिएको हो । वडा अध्यक्ष जर्नादन चौधरीले वडामा बाल बिवाहको अवस्था बारे प्रतिबेदन प्रस्तुत गर्दै बाल बिवाहमुक्त भएको घोषणा गरेका थिए ।

यस बर्ष भएका कुल २५ बिवाह मध्ये एउटा मात्र बाल बिवाह भएको वडा अध्यक्ष जर्नादन चौधरीले बताए । २०७५ मा कुल बिवाह ३ मध्ये २५ वटा बाल बिवाह भएको थियो ।

गाउमा रहेका नौ बाल क्लयव एक युवा क्लव लगायतको अथक प्रयासले पछि रेको सो वडा बाल विबाहमुक्त बन्न सफल भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ