हुरी पीडितलाई प्रदेश ३ द्वारा चेक हस्तान्तरण

समाचार

4/18/2019

जनकपुरधाम, ४ बैशाख । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।

प्रदेश ३ का मुख्यमन्त्री पौडेल प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।

हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

यस्तै प्रदेश ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ । बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ