हुलाकी राजमार्ग १४० किमी कालोपत्र

समाचार

12/21/2018

काठमाडौं, ५ पुस । भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा १४० किमी मात्र कालोपत्र भएको छ ।

आव २०६६÷६७ देखि आयोजना शुरु भएपनि अहिलेसम्म जम्मा १४० किमी कालोपत्र गरिएको राजमार्ग आयोजनाका आयोजना निर्देशक अशोक तिवारीले जानकारी गराए ।

उनका अनुसार आव २०७९/८० सम्म ९७५ किमी कालोपत्र गर्ने योजना रहेको यस आवमा १०० किमी कालोपत्र गर्ने लक्ष्य रहेको छ ।

आगामी चार वर्ष्भित्र हुलाकी राजमार्ग निर्माण गर्ने गरी काम गरिने भइरहेको उनले बताए । पहिलो चरणको एक हजार २४८ किमी सडक निर्माण भइरहेको आयोजनाको ५४४ किमी सडक निर्माण गर्न बाँकी रहेको छ ।

कूल लम्बाइमध्ये ९७५ किमी पूर्व–पश्चिम र ८९७ दशमलब ४२ किमी उत्तर–दक्षिण रहेको छ । राजमार्गको दोस्रो चरणमा पूर्व–पश्चिमतर्फ ४०७ किमी र उत्तर–दक्षिण १५७ किमी रहेको छ ।

आयोजना निर्देशक तिवारीले दोस्रो चरणको सडक निर्माणका लागि बोलपत्र आह्वानको सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए ।

सरकारले आव २०६६÷६७ देखि पूर्वमा मेची पुलदेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म कूल एक हजार ७९२ दशमलब ४२ किमी लम्बाई रहेको उक्त राजमार्ग बनाउनका लागि ४७ अर्ब २४ करोड लागत छुट्याइएको थियो ।

पहिलो चरणका लागि २९९ किमी सडकको स्तरोन्नतिका लागि भारतीयले रु सात अर्ब ५२ करोड र नेपाल सरकारले नेपाल सरकारले रु ६५३ किमीको २२ अर्ब ७१ करोड लागतमा सडक निर्माण भइरहेको छ ।

यसैगरी आव २०७४÷७५ नेपाल सरकारको सहयोगमा ३३.५ किमी र भारतीय सरकारको सहयोगमा ७० किमी कालोपत्र गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ