काठमाडौं, १९ फागुन । हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन् ।
रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्धारा संकलित रकमले सिरहाका ४० जना अतिगरिब, दलित, बिपन्न बिद्यार्थीहरुलाई ब्याग, कपी, कलम र डिक्सनरी प्रदान गरेको हो ।
कल्याणपुर नगरपालिका १ लक्षन मण्डल जनता माबि बनिनियामा आयोजित शैक्षिक सामग्री बितरण कार्यक्रममा आधारभूत बिद्यालय अर्नामा, आधारभुत बिद्यालय सनचिरैया, आधारभुत बिद्यालय कोयलपुर र लक्षन मण्डल जनता मावि. बनिनियाका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रत्येक बिद्यालयबाट अतिगरीब, दलित र बिपन्न मध्येबाट १० जनाको दरले छनोट गरी जम्मा ४० जना बिद्यार्थीलाई करीब ६० हजार मूल्य बराबरको शैक्षिक सामग्री बितरण गरिएको आयोजकको भनाई छ ।
कार्यक्रममा हेल्प मधेशी कतारको सहयोगमा सिरहा नगरपालिका ६ बस्ने रुन्ची कुमार साफीलाई एक थान सिलाई मेसिन समेत प्रदान गरिएको छ ।
तपाईको प्रतिक्रिया