रुपन्देही, ७ चैत । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश जारी गर्दै यो पर्व सबै नेपालीको साझा पर्व भएको उल्लेख गरेका छन् । उनले सामाजिक सम्बन्धलाई बलियो बनाउन हाम्रा सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन् । नेपालको मौलिक पर्वको रुपमा नेपाली समाजमा स्थापित होलीपर्व अर्थात् फागुपूर्णिमा कुनै समुदाय र ठाउँ विशेषमा नभएर होली साझा पर्वको रुपमा स्थापित भइसकेको मुख्यमन्त्री पोखरेलले बताएका छन् ।
तपाईको प्रतिक्रिया