काठमााडौं, १३ फागुन । भारतबाट भैरहवा र जनकपुर हुँदै हवाईजहाज प्रवेश गर्ने रुट कायम गराउन नेपाल र भारतले संयुक्त रुपमा अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) मा निवेदन दिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार हवाई रुट कायम गराउन संयुक्त रुपमा अघिल्लो साता आवेदन दिइएको हो ।
रुटको सहमतिसँगै कार्यविधि र डिरेक्सन बनाउन संयुक्त निवेदन दिइएको गौतमले जानकारी दिए । यी रुटहरु अहिले एकतर्फी छन् ।
नेपालबाट उडेका जहाजले यी रुट प्रयोग गर्दै आएपछि नेपाल प्रवेश गर्दा भने सिमराकै रुट प्रयोग गर्नुपर्ने बाध्यता छ । यी दुई रुट कायम भएसँगै नेपाल प्रवेश र नेपालबाट बाहिरिँदा जहाजहरुले दुईतर्फी नै रुट प्रयोग गर्न पाउनेछन् ।
भैरहवा र जनकपुरका रुट कायम भएसँगै अहिले युरोप, मध्यपूर्वी मुलुक लगायतबाट आउने जहाज भारतीय आकाश हुँदै सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हट्नेछ। सिमराको तुलनामा कायम हुने रुट सहज र छोटो हुनेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी जनवरी १५ र १६ मा भारतमा भएको ‘ग्लोबल एभिएसन समिट–२०१९’ मा भाग लिन जाँदा दुवै देशका प्राविधिक राखेर भारतीय समकक्षी मन्त्रीसँगको छलफलले रुट टुंग्याएको हो ।
नयाँ रुट कायमसँगै निजगढ विमानस्थलको उडान सहज हुनेछ भने काठमाडौं र पोखरा विमानस्थलको लागि पनि सिमराभन्दा उत्तम हुनेछ ।
तपाईको प्रतिक्रिया