हुवावेमाथि अमेरिकी आक्रमण !

समाचार

2/8/2019

काठमाडौं, २३ माघ । अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवम् दूरसञ्चार कम्पनी हुवावे विरूद्ध फौजदारी आरोप सम्बन्धी विभिन्न अभियोगहरू लगाएको छ ।

अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरू चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ ।

हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने रोबोटिक उपकरणको चोरी गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ ।

चीनसँग बढ्दो व्यापार घाटा नियन्त्रण गर्न २०० अर्ब डलर बराबरका चिनिया सामानमा २५ प्रतिशतसम्म करवृद्धि गर्ने चीनले पनि प्रतिशोध स्वरूप अमेरिकी सामानमा करवृद्धि गरेको छ ।

अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनीहरू हुवावे र जेडटीईमाथि प्रविधिको प्रयोग मार्फत सूचना चोरी गरेकोमा अमेरिकी नेतृत्व सिर्जना गरिएको छ ।

न्याय विभाग दुबैले उक्त समाचारका बारेमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । हुवावेले सन् २०१७ मै हुवावे र टी–मोबाइलबीचको विवाद टुङ्गिएको जनाएको छ । तर, टी–मोबाइलले आफ्नो व्यापारिक गोपनीयता चोरी गरेको आरोप हुवावेमाथि लगाएको हो ।

अमेरिकी न्याय विभागको उक्त नयाँ कदमले चीन र अमेरिकाबीच पहिल्यैदेखि जारी व्यापार विवादलाई अझ बढाउने जनाएको छ ।

हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओको क्यानाडामा भएको गिरफ्तारीले चीनसँग अमेरिका र क्यानाडाको सम्बन्धमा समस्या आएको छ । यद्यपी विश्लेषकहरूले चीन–अमेरिका व्यापार वार्ता नियमित रूपमै अघि बढ्ने अनुमान गरेका छन् तर कुनै निश्चित उपलब्धि तत्कालै सम्भव नहुने आशंका पनि बढेको छ ।

दुबै पक्ष आगामी मार्च १ तारिखभित्रै कुनै सहमतिमा नपुगे करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनिया सामानमा हाल लागेको १० प्रतिशत करवृद्धिलाई २५ प्रतिशत पु¥याइने अमेरिकाले जनाएको छ ।

‘चिनियाँ अधिकारीहरूले वार्तालाई निरन्तरता दिनेछन्,’ ब्रुकिङ इन्स्टिच्ट्युसनका वरिष्ठ विश्लेषक डेभिड डोलरले भने, ‘उनीहरू अमेरिकी न्याय विभागको कार्यबाट प्रसन्न हुने कुरै छैन, तर मेरो विचारमा उनीहरूले हुवावे मामिलालाई व्यापार वार्तामा उठाउने छैनन् ।’

अमेरिकी व्यापार प्रतिनिधिहरूले अमेरिकी प्रशासनको पछिल्लो कदमले दुबै मुलुकबीच जारी व्यापार वार्ताको वातावरणलाई नोक्सान पु¥याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

न्याय विभागले हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउमाथि पनि अभियोग लगाएको छ । संयुक्तराज्य अमेरिकाले मेङलाई सुपुर्दगी गर्न पनि क्यानाडासमक्ष आग्रह गरेको छ । मेङलाई क्यानाडामा गत वर्ष डिसेम्बर १ मा पक्राउ गरिएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता सराहा स्यान्डर्समाथि हुवावे विरूद्धको फौजदारी अभियोगको चीन–अमेरिका व्यापार वार्तासँग कुनै सम्बन्ध छ कि भनी सोधिएको प्रश्नमा भने, ‘छैन, यी दुबै कुरा परस्पर फरक विषय हुन् ।’ दुबै पक्ष यस साता हुने वार्तामा ठोस उपलब्धि हुनेमा खासै आशावादी छैनन् ।

‘यस साताको वार्तामा ठोस उपलब्धि होला भन्नेमा विश्वास लागेको छैन,’ अमेरिका–चीन व्यापार परिषदका वरिष्ट उपाध्यक्ष एरिन एन्नीसले बताए ।

अमेरिकी व्यापारिक समुदायको समर्थनमा ट्रम्प प्रशासनले चीनमाथि आफ्नो अर्थतन्त्रमा आधारभूत परिवर्तन गर्न दबाब दिइआएको छ । चीनले भने अमेरिकी चाहनालाई अक्षरशः पालना गर्न नसकिने बताउँदै आएको छ । विश्लेषकहरूका अनुसार चीनले अमेरिकी शर्तहरू स्वीकार गरे पनि चिनीया बजारमा प्रवेश त्यति सहज छैन ।

अमेरिकी व्यापार प्रतिनिधि एवं प्रमुख वार्ताकार रोबर्ट लाइटिजरले बौद्धिक सम्पत्तिको राम्रो संरक्षण होस् भन्ने चाहेको बताए । उनले चीनले आफ्ना राज्य नियन्त्रित उद्योग व्यवसायलाई प्रदान गरिरहेको भारी अनुदानलाई कटौती गर्नुपर्नेमा जोड दिए । चिनिया अनुदानले स्वच्छ प्रतिस्पर्धामा जटिलता आएको अमेरिकी भनाइ छ ।

‘अमेरिका–चीन इतिहासमै यस पटकको वार्ताको क्षेत्र निकै व्यापक र गहिरो छ,’ ह्वाइट हाउसका वरिष्ठ आर्थिक सल्लाहकार ल्यारी कुड्लोले बताइन् । विभिन्न अनलाइनहरूको सहयोगमा

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ