हावाहुरीका घाइते एक बालकको मृत्यु

समाचार

4/2/2019

वीरगन्ज, १९ चैत । आइतबारराति आएको भीषण हावाहुरीमा परी घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

फेटा गाउँपालिकाका घाइते ६ वर्षीय बालक खयाग आलमको मंगलबार वीरगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

गृहमन्त्रालयको अनुसार हावाहुरीमा मृत्यु हुनेको संख्या २८ पुगेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ