हावाहुरी पीडितका लागि अष्ट्रेलियावासी नेपालीद्वारा राहत संकलन

समाचार

4/1/2019

काठमाडौं, १८ चैत । हावाहुरीका कारण बारा र पर्सामा ठुलो जनधनको क्षति भएपछि अष्ट्रेलियावासी नेपालीले तत्कालै सहयोग संकलन सुरु गरेका छन् ।

एसोसियन अफ नेपाल तराई अष्ट्रेलिया (एन्टा) ले सहयोग जुटाउन सुरु गरेको हो । यो दुखको घडीमा सहयोग गर्न सबै अष्ट्रेलियावासी नेपालीलाई अपिल गरेको छ ।

हावाहुरीले घर उडाएपछि घरबार बिहिन बनेकालाई तत्कालै अस्थाई टेन्टमा राख्नुपर्ने, घाईतेको उपचारमा रगत अभाव देखिएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने र खानेकुरा तथा लत्तकपडा बाड्नका लागि आर्थिक संकलन गर्नु परेको एन्टाले जनाएको छ ।

आइतबार साझ चलेको भिषण हावाहुरीले बारा र पर्सामा ठुलो जनधनको क्षति पु¥याएको छ । ‘बरु एउटा कफि नखाउ’–एन्टाका अध्यक्ष अरुणकुमार ठाकुरले भने – ‘त्यहि कफिको पैसाले पनि यो दुखको घडीमा पिडितको घाउमा मलम लगाउन सक्छ’ ।

घटना हुने बित्तिकै एन्टाले स्थानिय स्वयंसेवकहरुलाई बारा र पर्सामा खटाइसकेको ठाकुरको भनाई छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ