कपिलवस्तु, १८ चैत । प्रदेश नम्बर २ मा हावाहुरीले गरेको धनजन क्षतिप्रति दुख व्यक्त गर्दै कृष्णनगर नगर कार्यपालिकाले सबै कार्यपालिका सदस्यहरुको एक दिनको तलब पीडित परिवारलाई दिने निर्णय गरेको छ ।
आइतबार प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा आएको हावाहुरीले ज्यान गुमाएका र घाईते परिवारप्रति दुख व्यक्त गर्न सोमबार बसेको कृष्णनगर नगरकार्यपालिकाको बैठकमा नगरप्रमुख रजत प्रताप शाहले सो प्रस्तावमाथि अन्तिम निर्णय गरी प्रदेश र संघीय सरकारले पनि सक्दो छिटै राहत वितरण गर्न अनुरोध गरेका छन् ।
कार्यपालिका सदस्यहरुले प्राकृतिक विपदका बेला सबै मिलेर सहयोग पीडित परिवारलाई सहयोग गर्न अगाडि बढ्नुपर्ने बताए ।
आइतबार आएको हुरीले लगभग ३२ जनाले गुमाउनुका साथै ५०० जनाको वीरगंजको नारायणी अस्पताल लगायत अन्य अस्पतालहरुमा उपचार भैरहेको छ । साथै उद्धारका लागि नेपाल प्रहरी, सशस्त्रका टीम र स्थानीय युवाहरु संलग्न रहेको स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया