काठमाडौं, १८ चैत । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीका कारण बारा तथा पर्सा जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति नेपाल परिवार दलले गहिरो दुःख ब्यक्त गरेको छ ।
दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा सोमबार बिहान बसेको दलको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भीषण हावाहुरीमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
दलले सम्पूर्ण घाइतेहरुको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
पीडित नागरिकहरुको उद्धार, सफा पिउने पानि तथा राहतका लागि आफ्ना कार्यकर्तालाई आग्रह गर्दै पीडितको उद्धारको लागि परिवार दलको केन्द्रिय कार्यालयले रु. पचास हजार उपलब्ध गराउने निर्णय गरेको दलका प्रबक्ता तथा प्रदेश नम्बर २ का संयोजक सन्तोष पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया