हावाहुरी प्रभावितका लागि प्रदेश सांसदद्वारा रक्तदान

समाचार

4/1/2019

जलेश्वर, १८ चैत । बारा र पर्सामा हावाहुरीबाट पीडितहरुका लागि प्रदेश २ कि प्रदेशसभा तथा राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ उपाध्यक्ष रानी शर्माले रक्तदान गरेकी छन् ।

सोमबार जलेश्वरमा महोत्तरी क्षेत्र नं ३ (ख) कि प्रदेश सभा सदस्य शर्माको पहलमा महिला सशक्तिकरण अभियानद्वारा बारा र पर्सा का आँधीपीडि़त घाइतेहरुका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रमको सुरुवात सांसद शर्माले रक्तदान गरेर गरिन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, महोत्तरी शाखाले प्राविधिक सहयोग गरेको थियो । यसैगरी, रक्तदान कार्यक्रममा जलेश्वरनाथ नगरपालिकाले पनि सहयोग गरेको हो ।

हावाहुरी पीडितको उपचारमा रगतको कमी भएको गुनासो आएपछि सांसद शर्माको पहलमा रक्तदान कार्यक्रमको आयोजना भएको हो ।

सांसद शर्माले यस्तो विपद्को घडीमा सबैलाई आआफ्नो तर्फबाट सकेसम्म सहयोग गर्न आग्रहसमेत गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ