काठमाडौं, २४ चैत । बारा र पर्साका हुरी प्रभावितहरुका लागि कर्णाली प्रदेश सरकारले एक करोड उपलब्ध गराउने निर्णय गरेको छ ।
कर्णाली प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकारको तर्फवाट १ करोड उपलब्ध गराउने कर्णाली प्रदेशले निर्णय गरेको हो ।
साथै सो बैठकले ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैयाको रेफर अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ ।
तपाईको प्रतिक्रिया