रुपन्देही, २४ चैत । बारा र पर्साका हावाहुरी प्रभावितलाई प्रदेश नं. ५ का प्रदेशसभा सदस्यहरुले एक दिनको तलब दिने निर्णय गरेका छन् ।
प्रदेश सभाको आइतबार बसेको बैठकले बारा र पर्सामा आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेशसभा सदस्यहरुले एक दिन बरारबको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रदेश ५ मा ८७ जना प्रदेशसभा सदस्य छन् । यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया