सुनसरी, ६ मंसिर । सुनसरी दुहबीमा अज्ञात समूहको गोली लागी मृत्यु भएका फिदा हुसेनलाई शहीद घोषणा गर्ने भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच बिहीबार सहमति भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरकारले चार वटा माग सम्बोधन गर्ने भएपछि सहमति भएको थियो ।
सरकारले मृतक फिदा हुसेनका छोरालाई नेपाल विद्युत् प्राधिकरण दुहबीमा रोजगार उपलब्ध गराउनका लागि ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार आग्रह गर्ने, मृतक फिदा हुसेनलाई शहीद घोषणा गर्ने, निजको परिवारलाई क्षतिपूर्ति स्वरुप रु १० लाख उपलब्ध गराउने र उक्त घटनाको अनुसन्धान गरी वास्तविक दोषीलाई कानुनी कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिने विषयमा दुई पक्षबीच सहमति भएको छ ।
तपाईको प्रतिक्रिया