१० किलो गाँजासहित दुई जना पक्राउ

समाचार

6/24/2019

रौतहट, ८ असार । लागूऔषध गाँजासहित दुई जनालाई रौतहट प्रहरीले जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित बम नहरबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक पपु नायकको कमाण्डमा रहेको टोलीले विशेष सूचनाको आधारमा शंकास्पद सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा चपुरबाट गौरतर्फ आउँदै गरेको म्याजिक गाडीलाई रोकी चेक जाँच गर्दा उक्त म्याजिकमा सवार रहेको जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं.८ बस्ने वर्ष ४६ को रामा शंकर राय यादव र भारत बिहार शिवहर जिल्ला थाना पिप्राडी ग्राम पंचायत वेलवा वडा नं. ३ घर बताउने बर्ष २३ को ललन कुमार यादवलाई अन्दाजी १० किलो गाँजासहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ