जनकपुरधाम, ६ कार्तिक । ११ हजार रुपैयाँ घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले जनकपुरधामको कदम चोकबाट सशस्त्र प्रहरीका सहायक हबल्दार चन्देश्वर गिरीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनलाई ११ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया