१२ किलो लागूऔषध गाँजासहित चार जना पक्राउ

समाचार

6/8/2019

रौतहट, २४ जेठ । नेपालबाट भारततर्फ लैजाँदै गरेको लागूऔषध गाँजासहित चार जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ४ बकैया नदीको बाँध सडकमा राती नेपालबाट भारततर्फ जाँदै गरेको भारत जिल्ला शिवहर थाना पिप्राडीग्राम बेलवा नरकटिया वडा नं. १ शंकर रायको छोरा वर्ष २२ को विजय राय पछाडी बसी, भारत जिल्ला शिवहर थाना पिप्राडीग्राम बेलवा नरकटिया वडा नं. १ बस्ने रामसेवक सहनीको छोरा वर्ष २४ को अमोद सहनीले चलाइआएको बीआर ५५ ए २२४२ नं.को मोटरसाईकल चेकजाँच गर्दा सो मोटरसाइकलको सिटको कभर भित्र सिटको आकारमा प्लाष्टिकले छोपी डोरीले बाँधी बेरी राखेको अवस्थामा १० किलो लागूऔषध गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुवै जनाबाट सोधपुछ गर्दा दिएको व्यानको आधारमा लागु औषध गाँजा विक्री गर्ने जिल्ला रौतहट यमुनामाई गाँउपालिका वडा नं.४ सरुअठा टोल बस्ने रमेश कुमार साह र ऐ.ऐ.बस्ने ईनरजित साह समेतलाई निजहरुको घरबाट २ के.जी. लागु औषध गाँजा सहित प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताएका छन् ।

रमेश कुमार साह, आमोद सहनी, बिजय राय र ईनरजित साहलाई जम्मा लागु औषध गाँजा १२ किलो सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहट गौर ल्याई थप अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ