१५ दिने मिथिला मध्यमा परिक्रमाको डोला उठ्यो

समाचार

2/23/2020

जनकपुरधाम, ११ फागुन । १५ दिने मिथिलाधाम मध्यमा परिक्रमाको भव्यरुपमा उद्घाटन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मिथिला मध्यमा परिक्रमाको डोला उठाएर उद्घाटन गरेका छन् ।

मिथिला धाम मध्यमा परिक्रमा र मिथिला विहारी विहारणी भगवानको डोला प्रस्थान कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आइतबार बिहानै धनुषा आएका हुन् ।

धनुषाको मिथिला नगरपालिका ८ स्थित कचुरी मिथिला बिहारी मन्दिर परिसरबाट मध्यमा परिक्रमाको उद्घाटन गरिएको हो ।

मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवको अध्यक्षता, पुर्व भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको बिशिस्ट आतिथ्यता, प्रतिनिधिसभा सदस्य जुलि कुमारी महतो, हरिनारायण महतो, प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज श्रवण बरबरियाको आतिथ्यता लगायत हजारौं श्रद्धालुहरुको उपस्थितमा भव्य र धुमधामपूर्वक मिथिला मध्यमा परिक्रमाको डोला मिथिला बिहारी मन्दिर कचुरीबाट बिधिबत रूपमा उठेको छ ।

मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन, किर्तनसहित डोला निकालिँदा प्रचण्डले केही दुरीसम्म डोलालाई बोकेका थिए ।

आफू प्रधानमन्त्री हुँदा मिथिला मध्यपरिक्रमालाई केही सहयोग गर्ने अवसर मिलेको बताउँदै उनले अब मिथिला बिहारी परिषद् गठनको पहल गर्ने प्रतिबद्धता जनाए । उनले मिथिला बिहारी मन्दिरमा धर्मशाला निर्माणमा सहयोग गर्ने बचनसमेत दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ