काठमाडौं, २ फागुन । नेपालको निर्माण क्षेत्रमा १५ लाखको हाराहारीमा भारतीय कामदार रहेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार भारत र बंगलादेश बाट कामदार नल्याए निर्माणका काम अधुरो जस्तै रहने छ ।
नेपालमा काम गर्न नेपालीले लाज मान्ने र विदेशमा जस्तो सुकै काम गर्न तयार हुने सामाजिक संस्कारको विकास भइरहेको अध्यक्ष सिंहको ठहर छ ।
यस क्षेत्रमा काम गर्ने भारतीय कामदारले प्रतिव्यक्ति ४० हजारदेखि दुई लाखसम्म कमाउने गरेको उनको भनाई छ ।
तपाईको प्रतिक्रिया