सिम्रौनगढबाट १९ किलो चाँदीसहित पक्राउ

समाचार

10/20/2019

बारा, २ कार्तिक । भारतसँग सीमा जोडिएको बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका ६ सतुवाही नाकाबाट १९ किलो १ सय ग्राम चाँदीसहित बाराको साविकको बारागढी गाउँपालिका ६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट गोलागन्जबाट खटिएको प्रहरीको टोलीले साहलाई विशेष सुराकीको आधारमा १९ किलो एक सय ग्राम चाँदीसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट बीआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले जानकारी दिए । बरामद चाँदीको बजार मूल्य १४ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ