प्रदेश २ मा सशस्त्रका १९ वटा बीओपी थपिँदै

समाचार

1/31/2020

वीरगञ्ज, १७ माघ । सशस्त्र प्रहरीले प्रदेश २ मा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट ‘बीओपी’) थप्ने तयारी गरेको छ । सशस्त्र प्रहरीले प्रदेश २ का विभिन्न जिल्लामा १९ वटा बीओपी थप्न लागिएको हो ।

२ वटा स्थापना भइसकेको छ । पर्साको मिर्जापुर, बाराको बेनौली, सप्तरीमा बोधेबसाईन लगायत अन्य १५ स्थानमा बीओपी स्थापना गर्ने तयारी सशस्त्र प्रहरी बलले गरेको छ । उसले बाराको दक्षिण झिटकैया र धनुषाको जनक नन्दिनी गाउँपालिका १ इनर्वामा बीओपी स्थापना गरिसकेको छ ।

बाँकी बीओपी स्थापनाका लागि स्थानीय तहसँग समन्वय भइरहेको बाहिनीमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए । 

भारतसँग ४ सय ६४ कि.मी. खुल्ला सिमाना भएको प्रदेश २ मा यसअघि ५० वटा बीओपी छन् । १९ वटा थप्ने तयारी सशस्त्र प्रहरीले गरेको छ । प्रतिबीओपी ६.७२ कि.मी. क्षेत्रको जिम्मेवारी हुँदा सीमा सुरक्षामा अझ प्रभावकारिता आउने बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल बताउँछन् । 

उनले प्रदेश नं २ मा सीमा तथा सीमा स्तम्भहरुको सुरक्षा, सीमा क्षेत्रहरुमा हुने अबैध चोरी, निकासी, तस्करी र अबैध हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणसँगै शान्ति सुरक्षालाई प्राथमिकतामा राखी काम भइरहेको र उपलब्धि पनि हासिल भएको दाबी गरे । 

सशस्त्र प्रहरीले दशगजा (नो म्यानस ल्याण्ड) पहिचान अभियान अन्तर्गत रौतहटमा ३२ किलो मिटर दशगजा खाली गरेको छ । भारतीय सशस्त्र सीमा बलसँगको सहकार्य र समन्वयमा दशगजामा रहेका घर, टहरा खेती आदि हटाइको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ